दफा
समितिको बैठक

(१) समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।

(२) समितिको सम्पूर्ण सदस्य संख्याको कम्तीमा पचास प्रतिशत सदस्य उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।

(३) समितिको बैठकको अध्यक्षता अध्यक्षले, अध्यक्षको अनुपस्थितिमा उपाध्यक्षले र अध्यक्ष तथा उपाध्यक्ष दुवैको अनुपस्थितिमा सदस्यहरूले आफूमध्येबाट छानेको व्यक्तिले गर्नेछ ।

(४) समितिको बैठक सम्बन्धी अरू कुराहरू समिति आफैले निर्धारण गर्न सक्नेछ ।